२ आश्विन २०८१, बुधबार | September 18, 2024

उपचार सहायता कोषमा रु ५७ लाख जम्मा



चैत्र-१४

रकम अभावमा उपाचार गराउन नसक्नेलाई सहयोग गर्ने उद्देश्यले स्थापित ‘सहयोगी हातहरु’ नामक संस्थाको कोषमा रु ५७ लाख जम्मा भएको छ । इलाममा आर्थिक स्थिति कमजोर भइ उपचार गराउन नसक्नेका लागि सहयोग गर्न संस्था स्थापना गरिएको हो ।    
    
संस्थाले अक्षयकोष स्थापना गरेर आर्थिक सहयोग वितरण गर्दै आएको छ । संस्थामा अक्षय कोषमा रु ५७ लाख ५५ हजार जम्मा भएको अध्यक्ष रतन चौधरीले जानकारी दिनुभयो । विसं २०७२ मा स्थापना भएको संस्थामा सात वर्षको अवधिमा उक्त रकम जम्मा भएको हो ।    
    
संस्थामा सहयोग माग्न आउनेलाई सम्बन्धित वडा तथा पालिकाको सिफारिस बनिएपछि नगद पाँच हजार वितरण गर्दै आइएको छ । संस्थाबाट हालसम्म दुई सय ३७ जनाले सहयोग प्राप्त गरेको सचिव रीता अधिकारीले बताउनुभयो ।    
    
 अक्षय कोषको रकम रू एक करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ । संस्थाको अक्षय ९१ जना सदस्य आवद्ध छन् । पछिल्लो समय संस्थामा विभिन्न सङ्घ संस्था संस्था बैंक तथा वित्तीय संस्थाबाट पनि सहयोग प्राप्त भइरहेको छ । व्यक्तिगतरुपमा जन्मदिन, खर्च, विवाह वर्षगाँठ तथा उत्सवमा गरिने अनावश्यक खर्चबाट कटाएर भए पनि संस्थामा सहयोग गर्ने क्रम बढेको छ ।    
—   

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : २५ बजे