२ आश्विन २०८१, बुधबार | September 19, 2024

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना



हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।    
    
 जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।    
    
शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।    
    
आज काठमाडौँमा मौसम आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना छ । काठमाडौँको न्यूनतम तापक्रम आज डिग्री ११ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।    

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : ५८ बजे