४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चितवनमा चट्याङ सहित भारी वर्षा



चितवन, चैत-१७

चितवनको भरतपुर लगयात वरपरका क्षेत्रमा हाल चट्याङ सहित भारी वर्षा भइरहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँस देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ । देशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : २० बजे