१ आश्विन २०८१, मंगलबार | September 17, 2024

सुरक्षा कारबाहीका छ जना आईएस लडाकु मारिए



चैत्र-२१
अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् ।    
    
बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताएका छन् । अफगान सुरक्षा बलले सोमबार राति नहर–ए–शही जिल्लामा आईएसविरुद्ध कारबाही गरेको थियो ।    
    
 गत वर्ष अफगानिस्तानमा भएका केही घातक बम विष्फोटको जिम्मेवारी लिएको आईएसले उसका लडाकाविरुद्ध गरिएको सैन्य कारबाहीाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।    
    
अफगान कार्यवाहक प्रशासनले सशस्त्र विपक्षीहरूलाई ठेगान लगाउने प्रतिबद्धता व्यक्त गर्दै आईएस सङ्गठनलाई सुरक्षा खतराको रूपमा अस्वीकार गरेको छ ।    

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ६ : २७ बजे