३० भाद्र २०८१, आइतबार | September 15, 2024

उत्तरी काकेससमा तीन प्रहरी मारिए, आठ जना घाइते



चैत्र-२३

रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।    
    
निजी घरमा लुकेर बसेका अतिवादीले प्रहरीमाथि गोली चलाउँदा उक्त हताहति भएको रुसी समाचार समितिले जनाएका छन् । चेचन्यासँग सीमा जोडिएको इन्गुशेटिया मुसलमानहरूको बाहुल्य भएको गणतन्त्र हो । सन् दुई हजारको प्रारम्भतिर सामान्य रहेको उक्त क्षेत्रको शान्तिसुरक्षाको अवस्था विगत केही वर्षयता जटिल बन्दै गएको छ ।    
    
सरकारी सुरक्षाकर्मीले इन्गुशेटिया क्षेत्रको जयजिकोभ युर्ट गाउँमा अभियान जारी राखेका तथा आक्रमणकारीको खोजी गरिरहेका कानुन कार्यान्वयन निकायलाई उद्धृत गर्दै समाचार समितिहरूले बताएका छन् । प्रारम्भमा प्रहरीले उक्त समूहलाई बल प्रयोग नगरी नियन्त्रणमा लिन खोजेको थियो तर अतिवादी समूहले अन्धाधुन्ध गोली चलाउँदा सुरक्षाकर्मीले ज्यान गुमाएका बताइएको छ ।    
    
इन्गुशेटियाको सिमानामा रहेको प्रहरी चौकीमा पनि अतिवादी समूहले आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन् । शोभियत सङ्घको विघटनपछि उत्तरी काकेसस क्षेत्रमा इस्लामिक अतिवादी समूहहरू सक्रिय छन् ।    

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  २ : ०७ बजे