३१ भाद्र २०८१, सोमबार | September 16, 2024

फ्लोरिडाको तटमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु



चैत्र-२४

फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरुषको शव दुर्घटनास्थलबाट निकालिएको प्रहरीले बताएको छ ।    
    
भेनिस विमानस्थलबाट उडेको केही बेरमा विमान बुधबार राति साढे नौ बजे दुर्घटना भएको जनाउँदै प्रहरीले विमानको भग्नावशेष बिहीबार बिहान पानीमुनि भेटिएको बताएको छ ।    
 फ्लोरिडाको मत्स्य तथा वन्यजन्तु संरक्षण आयोग, तट रक्षक र सुरक्षाकर्मीको सहायतामा खोजविन गरिएको थियो । दुर्घटनाग्रस्त विमानमा चार जनामात्र यात्री रहेका पनि प्रहरीको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।    
    
गत डिसेम्बरमा पनि भेनिसमा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । छोटो अवधिमा लगभग एकै स्थानमा एकै प्रकृतिका विमान दुर्घटना हुनुलाई नागरिक उड्डयन विभागका अधिकारीहरूले ती दुर्घटनाका बीच केही सम्बन्ध थियो वा थिएन भन्ने निष्कर्षमा तत्काल पुग्न नसकिने बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।    
–––  

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : १५ बजे