६ आश्विन २०८१, आइतबार | September 22, 2024

ट्रकमा लागु औषध लुकाएर ओसारपसार गर्ने १ जना प्रहरी नियन्त्रणमा



चितवन, चैत २५

जिल्ला प्रहरी कार्यालय चितवनले ट्रकमा लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषधसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान पश्चिम भण्डा तर्फबाट लोथर तर्फ आउदै गरेको भारतिय नं. प्लेट BR-06G 2128 भएको सवारी साधन (ट्रक) लाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा १६ वटा पोका तौल १८० किलो ग्राम लागुऔषध गाँजा लुकाई छिपाई ल्याएको फेला परेको थियो | उक्त ट्रकका चालक चम्पारण बिहार रक्सौल, भारत बस्ने ३० वर्षीय कुन्दन पटेललाई सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : ४२ बजे