६ आश्विन २०८१, आइतबार | September 22, 2024

रबि लामिछानेका चालकको अवस्था गम्भीर



बैशाख-०४

राष्ट्रिय स्वतन्त्र पार्टी  सभापति तथा चितवन क्षेत्र नं-२ का उमेदवार रवि लामिछानेले भाडामा लिएको चितवनको घरको छतबाट खसेर उनका गाडी चालक दिलबहादुर थापा गम्भीर घाइते भएका छन्।

लामिछानेले भरतपुर-११ मा घर भाडामा लिएका थिए। सोही घरको छतमा उनको चालक दिलबहादुर थापा सुतेका थिए।उनी बिहान गम्भीर अवस्थामा फेला परेका थिए।थापाको खुट्टामा र टाउकोमा चोट लागेको छ। उनी घरको तेस्रो तलाबाट खसेको शंका गरिएको छ।

उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : २५ बजे