बैशाख-०४
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा चितवन क्षेत्र नं-२ का उमेदवार रवि लामिछानेले भाडामा लिएको चितवनको घरको छतबाट खसेर उनका गाडी चालक दिलबहादुर थापा गम्भीर घाइते भएका छन्।
लामिछानेले भरतपुर-११ मा घर भाडामा लिएका थिए। सोही घरको छतमा उनको चालक दिलबहादुर थापा सुतेका थिए।उनी बिहान गम्भीर अवस्थामा फेला परेका थिए।थापाको खुट्टामा र टाउकोमा चोट लागेको छ। उनी घरको तेस्रो तलाबाट खसेको शंका गरिएको छ।
उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रतिक्रिया