बैशाख-१२
चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ।निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५६ हजार ५ सय ७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७४५७ छ। उनीहरूबीचको मतान्तर ३२६१२ छ।
चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत झण्डै २२ हजार मात्र छ। अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग ३२ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।
प्रतिक्रिया