१३ असार २०८२, शुक्रबार | June 27, 2025

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन द्वारा वृहत प्रदर्शन



काठमाडौं, वैशाख-१५

पुर्व-प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ओलीमाथि सरकारको संरक्षणमा कोशी प्रदेशको विभिन्न जिल्लामा भएको दुर्व्यवहार भएको भनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज वृहत प्रदर्शन गरेको छ ।

बुधबार अध्यक्ष ओली झापाको बुधबारेस्थित एक कार्यक्रममा सहभागी हुन जाँदा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका थिए।

अध्यक्ष ओलीले सम्बोधन गर्ने झापा स्थित बुद्ध शान्ति गाउँपालिकाको कार्यक्रम स्थलतर्फ जाने क्रममा उनीहरूले कालो झण्डा देखाई ओलीको सवारी रोक्ने प्रयास गरेका थिए। सो क्रममा उनीहरूले अध्यक्ष ओलीको सवारी माथि ढुंगा मुडा प्रहार गरेपछि कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूह र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको थियो।

प्रदेश नम्बर १ को नाम गत फागुन १७ गते कोशी राखिएको थियो।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : २७ बजे