४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

किटानी जाहेरी दिएकालाई पक्राउको माग गर्दै प्रदर्शन, राजमार्ग बन्द



चितवन ।

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउ गर्न माग राख्दै व्यवसायीले राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् ।

उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राख्दै बिहीबार प्रदर्शन गरेका हुन् ।

कांग्रेस चितवनका पूर्वकोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै चितवन कांग्रेसले पनि आन्दोलन गरिरहेको छ । चितवनस्थित अनमोल फिड्सका कार्यकारी निर्देशक कँडेलले प्रदिप रूङ्गटा र जीवन रावलले तनाव दिएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  २ : ४३ बजे