२ आश्विन २०८१, बुधबार | September 18, 2024

भोलि बैशाख २३ गते चितवन बन्दको घोषणा



बैशाख-२२

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा सत्यतथ्य छानविन गरी दोषी उपर कारवाही  गर्न माग राख्दै  शंकर कंडेल न्यायीक संघर्ष समिति, नेपाल तरुण दल, नेपाल विधार्थी संघ, अण्डा उत्पादन संघ र कुखुरा उत्पादन संघले भोलि वैशाख २३ गते चितवन बन्दको घोषणा गरेको छन् |

कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको थियो ।

कांग्रेस चितवनका पूर्व कोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न वाध्य पारिएको भन्दै न्यायीक संघर्ष समिति, नेपाल तरुण दल, नेपाल विधार्थी संघ, अण्डा उत्पादन संघ र कुखुरा उत्पादन संघ लगायतले आन्दोलन गर्दै आएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ५१ बजे