६ आश्विन २०८१, आइतबार | September 22, 2024

एमाले सचिवालय बैठक बस्दै



बैशाख-२६

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको छ ।

 

बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने तय भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १२ : ३३ बजे