२८ भाद्र २०८३, आइतबार | September 13, 2026

पूर्वगृहमन्त्री बालकृष्ण खाँण घरबाटै पक्राउ



नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले नागरिकलाई जानकारी दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई सोही अनुसन्धानको क्रममा पक्राउ गरिएको बुझिएको छ।  उनलाई प्रहरी परिसर टेकु लगिएको छ । यसबारे थप विवरण आउन बाँकी छ।

यस प्रकरणमा उनकी श्रीमती तथा सांसद् मन्जु खाँणको नाम पनि मुछिएको छ। यस प्रकरणमा समातिएका गिराेहकाे एक सदस्यले मन्जु खाँणलाइ ६ कराेड बुझाएकाे भनिएकाे अडियाे सार्वजानिक भएकाे थियाे।

यस प्रकरणकाे अनुसन्धानकाे क्रममा पक्राउ पूर्जी जारी गरिएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टाेपबहादुर रायमाझी भने अझै फरार छन्।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : ०७ बजे