६ आश्विन २०८१, आइतबार | September 22, 2024

परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या



चितवन, वैशाख-२७

चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले झुण्डिएर आत्महत्या गरेकी छन् ।परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले कोठामा गएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुका अनुसार मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको थियो । उनले भने, ‘ चिट चोरेको कारणबाट परीक्षा हलबाट उनी निकालिएकी थिइन् त्यसपछि उनी कोठामा गएर आत्महत्या गरेको आशंका गरिएको छ ।’

प्रहरीका अनुसार पाल्पा रामपुर स्थायी ठेगना भइ पोखरा बस्ने मृतक थापा भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् । उनले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा  सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सी बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : ५९ बजे