चितवन, जेठ-८
जापानको ओशाकाको समुन्द्री किनारामा फेला परेको शव आरती खानलको भएको पुष्टी भएको छ |
गत महिना ओशाकाको समुन्द्री किनारामा एक शव फेला परेको थियो | समुन्द्रमा फेला परेको शवको साथमा उनको मोबाइल फोन र व्यक्तिगत पहिचान गर्ने लुगा समेत फेला परेको थियो । चिन्न नसकिने अवस्थामा फेला परेको शव केही समयअघि ओशाकाबाटै हराईरहेकी आरती खनालको भएको आशंका गरिएको थियो । तर आधिकारीक रुपमाइ पुष्टी हुन सकेको थिएन । डीएनए परीक्षण गरे संगै उक्त शव खनालको नै भएको पुष्टि भएको छ ।
भरतपुर -१२, चितवन स्थायी घर भएकी २३ वर्षीय आरती खनालको अध्ययनको लागि ११ महिना अगाडी गएकी जापान गएकी थिईन । उनी जापानको ओशाका सिटिको इकोनो कु कातासुया किता १- ३ – २ मा साथीहरुसंग बस्दै गरेकी थिईन । मार्च १६ तारिकमा उनी आफ्नो कोठामा नभएको, १७ तारिक सबै आफ्नो–आफ्नो कोठामा फर्किदा आरती पहिलानै कोठामा पुगिसकेकी र पछि आरतीले काम छ भन्दैं बिहानै कोठाबाट निस्किएकी आरतीका साथीहरुले बताएका थिए ।
उनका बुवा देवराज खनाल र आमा राधिका खनालले आफ्नी छोरीको हराएको खबर पाएपछि खोजी कार्यमा सहयोगको लागि अपिल गरेसंगै खोजी कार्य तिब्र पारिएको थियो | आरतीले साईकल लिएर गएको दृश्य पनि सिसि क्यामेराबाट प्रहरीले भेटेको थियो | सोही अनुसार जापानीज प्रहरी लगाएत जापानमा रहेको नेपाली राजदूताबास एवं नेपाली संघ संस्थाले आ-आफ्नो क्रियाशीलता बढाएका थिए । जापनीज प्रहरीले हराई रहेकी आरतीको वायोडाटा, फोटो सहितको विवरण सार्वजनिक समेत गरेको थियो।
प्रतिक्रिया