२ आश्विन २०८१, बुधबार | September 18, 2024

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध



चितवन, जेठ-८

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ३ : २२ बजे