४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बालकृष्ण खाणको मोबाइल जाँच रिपोर्ट आयो तर, भेटिएन शरणार्थी सम्बन्धी प्रमाण



काठमाडौं, जेठ-९

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्टमा शरणार्थी सम्बन्धि कुनैपनि विवरण नभेटिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार प्रहरीले प्राप्त गरेको खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको हो । खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेक्सससम्म प्रहरी पुग्नसक्ने अनुमान गरिएको थियो ।

प्रहरीले २७ वैशाखमा खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो । तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु छैनन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : २८ बजे