१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

ओली, प्रचण्ड र देउवाले संसारकै विद्वान् भएको इतिहास लेख्दै छन् : बालेन शाह



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशले युवा बेचिरहेको बताएका छन्।

सोमबार राति सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले युवाहरु देश बलेको आगो सेकिरहेको प्रतिक्रिया दिएका हुन्।

‘देश युवा बेच्दैछ, युवा, देश बलेको आगो सेक्दैछ, हामी ताप्दैछौँ,’ बालेन्द्रले भनेका छन्।

साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसारकै विद्धान भएको देशको इतिहास लेख्दै गरेको बताएका छन्।

मेयर बालेन्द्रले भनेका छन्, ‘ओली, प्रचण्ड, देउवा, संसारकै विद्वान भएको देशको इतिहास लेख्दै छन्। र, हामी चेत्दैनौँ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ८ : ३६ बजे