३१ भाद्र २०८१, सोमबार | September 16, 2024

पुरुष भलिबल प्रतियोगितामा चितवन च्याम्पियन



चितवन, जेठ-९ 

चितवनले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत पुरुष प्रतियोगितामा भलिबलतर्फ स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा  चितवनले पुरुषतर्फ स्वर्ण पदक हात पारेको हो।

चितवनले फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ अंकको जित निकाल्दै पुरुषतर्फ स्वर्ण पदक हात पार्यो ।

पुरुष भलिबल प्रतियोगितामा  प्रतियोगितामा चितवनका नवीन महतो उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन भए ।

विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश  महतो, लिबेरोमा चितवनका समीर थापा र सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए ।

बिजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरे ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ४ : २९ बजे