६ आश्विन २०८१, आइतबार | September 23, 2024

चितवनका दुइ युवा इन्जिनियर सिडेंन चुनाबमा होमिदै



जेठ-१२

चितवनका दुइ युवा इन्जिनियर सिडेंन चुनाबमा होमिदै भोलि हुन लागेको जेठ १३ गते नेपाली कांग्रेसको शुभेच्छुक सस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ( सिडेंन ) को देश भरि नै सातौ केन्द्रिय कार्यकारिणी समिति र दोस्रो प्रादेशिक समितिको चुनाब हुन लागेको छ।

केन्द्रमा केन्द्रिय अध्यक्षमा चेतनाथ पाण्डे र बागमती प्रदेश सभापतिमा विक्रम खतिवडाको प्यानल बाट चितवनलाई प्रतिनिधित्व गरेर इ दिवस मैनाली बागमती प्रदेश सचिबमा र इ रञ्जन न्यौपाने बागमती प्रदेश सदस्यमा आफ्नो उम्मेदवारी दिनु भएको छ। बागमती प्रदेशमा मात्र ४२८० जना इन्जिनियर मतदाता रहेको छन्। अधिकांश मतदाता बागमती प्रदेशमा रहेको छन्।

चितवनलाई प्रतिनिधित्व गरेर सम्पूर्ण इन्जिनियरहरुको हकहितको लागि सधै आवाज उठाउने हेतुले प्रदेशमा आफ्नो उम्मेदवारी दिनु भको जानकारी गराउनु भएको छ इ दिवस मैनाली। इ दिवस मैनालीको घर चितवन राप्ती नगरपालिका – ०५ बासि हुनु हुन्छ र उहा चितवनको युवा व्यवसायी हुनु हुन्छ साथै उहा विभिन्न इन्जिनियरिंग कन्सलटेन्सिमा पनि आबद्द हुनु हुन्छ। उहाले चितवनमा धेरै इन्जिनियरहरुलाई रोजगार पनि सिर्जना गरिदिनु भएको छ। उहा चितवनको लोकप्रिय इन्जिनियर पनि हुनुहुन्छ। इ रञ्जन न्यौपानेको घर चितवन गीतानगर रहेको छ र उहा चितवनको विधार्थी नेता पनि हुनु हुन्छ। उहा यूटेक कलेजको ने.बि. संघको पुर्व इकाई सभापति पनि हुनुहुन्छ।

उहाले पोखरा विश्व विधालय र चितवनका विभिन्न कलेजमा विधार्थी हक हितको लागि धेरै विधार्थी आन्दोलन गर्नु भएको छ र पोखरा विश्व विधालयमा कोभिडको बेला होस् अथवा उपकुलपति रिक्त हुदा देखि होस् कि पोखरा विश्व विधालयको अनेकौ बेथिति बिषयमा रञ्जन न्यौपानेको अगुवाइमा धेरै विधार्थी आन्दोलन भएको थियो।

आहिले उहाहरुको उम्मेदवारीले युवा इन्जिनियरहरुमा थप नया जोस उर्जा थपिएको छ र सम्रग डेमोक्रेट सिडेंन आबद्द इन्जिनियरहरुलाई आफ्नो अमुल्य मत दिनु हुन उहाहरुलाई जिताउन सबै डेमोक्रेट इन्जिनियर मतदाताहरुलाई आग्रह पनि गर्नु भएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ९ : ५७ बजे