४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चरा ठोक्किएको आशंकामा नेपाल एयरलाइन्सको जहाज फर्कियो



काठमाडौँ । काठमाडौँबाट भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आंशकामा पुनः त्रिभुवन विमानस्थल फर्किएको छ । विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानले सकुशल अवतरण गरेको छ ।

यतिबेला समस्याबारे जाँच भइरहेको छ । विमानस्थलबाट उडान भरेको २५ मिनेटमा नै आरए २२५ विमान फर्किएको सिटौलाको भनाई छ । विमानमा १५६ जना यात्रु सवार थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ३ : २५ बजे