३१ भाद्र २०८१, सोमबार | September 16, 2024

मोटरसाइकल र्‍याली गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते



जेठ-१४

अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्या्लीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएकाछन् ।

गोलीबारी गिरोहसँग सम्बन्धित भएको पाइएको रेड रिभरका मेयर लिन्डा काल्हौनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनले सो काण्डमा तीन जनाको मृत्यु र पाँच घाइते भएको पुष्टि गरेका छन् ।

मे २५ देखि २९ सम्म चल्ने ४१औँ वार्षिक रेड रिभर मेमोरियल मोटरसाइकल ¥यालीमा “विभिन्न पृष्ठभूमिका २८ हजार मोटरसाइकल” सो र्‍यालीमा सहभागी भएको वेबसाइटमा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ५ : ३४ बजे