४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

इजरायलद्वारा सिरियका सैन्य स्थलमा आक्रमण



जेठ-१५

इजरायली युद्धक विमानहरूले आइतबार राति सिरियाको राजधानी दमास्कसमा रहेका सैन्य स्थलहरूमा रातभर आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ । इजरायली हमला इजरायलले कब्जा गरेको गोलान हाइट्स माथिबाट गरिएको थियो जसले सिरियाली वायु प्रतिरक्षालाई प्रभावित पारेको विज्ञप्तिमा उल्लेख छ। सो आक्रमणबाट केही मिसाइलहरू रोकिएको पनि बताइएको छ ।

यसैबीच सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मनिटरले इजरायलले दमास्कस नजिकैको सैन्य स्थलहरूमा दुईवटा मिसाइल आक्रमण गरेको बताएको छ । बेलाइतमा रहेको वाचडग समूहले आक्रमणले दमास्कसको ग्रामीण इलाकाको हामेह क्षेत्रमा रहेको हवाई रक्षा आधार शिविर र दमास्कस अन्तरराष्ट्रिय विमानस्थलको वरपरका सैन्य स्थलहरूलाई निशाना बनाएको बताएको छ ।

पछिल्लो आक्रमणका साथ इजरायलले सन् २०२३ को शुरिदेखि १७ पटक सिरियामा आक्रमण गरेको छ । ती आक्रमणमा ४८ सैनिक मारिएका छन् भने २८ जना घाइते भएका छन् । वर्षौंदेखि इजरायलले सिरियामा इरान–समर्थित शिया लडाकुहरू बिरूद्ध आक्रमण गर्दै आएको छ । यसै बीच इरानसँग सम्बन्धित लडाकुहरूका लागि हतियार ढुवानी गर्ने विमानस्थल र सैन्य आधारहरूमा प्रहार गर्दै एको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ४ : ५५ बजे