४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भरतपुर महानगरमा ६४८ किलोमिटर सडक कालोपत्रे



असार-११

महानगरले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भरतपुरमा थप २६ किलोमिटर कालोपत्रे सडक थप भएको जनाएको छ । महानगर प्रमुख दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा ४.५ किलोमिटर सडक मर्मत र १० किलोमिटर सडक ग्राबेल गर्ने कार्य सम्पन्न भएको छ । यससँगै हालसम्म ६४८ किलोमिटर सडक कालोपत्रे हुनाका साथै ४६० किलोमिटर सडक ग्राबेल भएको उल्लेख छ ।

महानगरको पहलमा नारायणी तटमा सी-बिच मोडल विकासको कार्यका लागि नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड र पर्यटन विभागबाट ७ करोड गरी जम्मा रु. २४ करोड ५० लाखको निर्माण कार्य अगाडि बढेको छ । नारायणी नदीको तटबन्धको कार्य पाँच खण्डमा गरी २ अर्ब ५४ करोडको लागतमा ठेक्का सम्झौता भएर तटबन्धको कार्य अगाडि बढेको छ ।

महानगरको पहलमा देशकै लाइफलाइनका रूपमा रहेको पूर्व-पश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर बि्रजको टेन्डर भइसकेको विषयलाई महानगर प्रमुख दाहालले चालु वर्षको प्रमुख उपलब्धिका रुपमा राखेकी छन् ।

देशकै धार्मिक तथा पर्यटकीय महत्वको देवघाट क्षेत्रमा व्यवस्थित बसपार्क निर्माण कार्यको टेन्डर भई काम अघि बढेको छ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १ : ३४ बजे