१६ माघ २०८२, बिहिबार | January 29, 2026

शनिबारदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल तथा डुंगा सफारी बन्द



चितवन, असार १४

चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल तथा डुंगा सफारी बन्द गर्न लागेको छ।

चितवन निकुञ्जले सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स–साना खोला, खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने हुदाँ जिप र डुंगा सफारी बन्द गर्न लागिएको हो।

वर्षाको मौसमलाई मध्यनजर गर्दै चितवन निकुञ्जले हरेक वर्ष केही समय यी गतिविधि बन्द गर्ने गर्छ।

निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रिएका छन्। यीमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ३५ हजार आठ सय ८६ सार्क मुलुकका र २९ हजार पाँच सय ७६ विदेशी पर्यटक रहेका छन्। त्यसबाट रु १७ करोड ३० लाख तीन हजार नौ सय राजस्व संकलन भएको छ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ९ : ५८ बजे