६ आश्विन २०८१, आइतबार | September 22, 2024

अबको वर्ष पार्टी सङ्गठन निर्माण र सुदृढीकरणको हुनेछ– सभापति देउवा



गोदावरी (ललितपुर), २० जेठ :
नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उहाँले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताउनुभयो । “अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ३७ बजे