चितवन, जेठ -२४
चितवन जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएसँगै अहिलेसम्म ८४ वटा गाई मरेका छन्।
चितवनमा जिल्लाका सातवटै पालिकामा यो रोगको संक्रमण फैलिएको छ।
पशु सेवा विज्ञ केन्द्र, चितवनका अनुसार हालसम्म ३१०० गाई र २७० भैंसीमा उक्त संक्रमण भेटिएको छ ।
भरतपुर महानगरपालिकामा २०८ वटा गाई र ४ वटा भैंसी, इच्छाकामना गाउँपालिकामा ९०३ वटा गाई र राप्ती नगरपालिकामा ११७० गाई र २२५ वटा भैंसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।
लम्पी स्किन सङ्क्रमित पशुको शरीरका भागमा गिर्खा आउने, घाउ हुने पाक्ने, पिप बग्ने, उच्च ज्वरो आउने लक्षण देखिएको छ भने लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको जनाइएको छ । लम्पी स्किन लागेका पशुबाट दूध उत्पादनमा ५० प्रतिशत बढी ह्रास आउने छ ।


प्रतिक्रिया