१ आश्विन २०८१, मंगलबार | September 17, 2024

  चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु



जेठ-२८

गैँडाको आक्रमणबाट  चितवनमा एक जनाको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३  का ६० वर्षीय झन्डिल महतो  रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिका- २३ स्थित हरियाली सामुदायिक बनमा साँझ ६:५५ निउरो टिप्न गएका भरतपुर -२५ घर भई भरतपुर-२३ ध्रुवघाट बस्ने वर्ष ६० को झन्डिल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण जङ्गली जनावरको आक्रमणमा पर्दै आएका छन्।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ९ : ३७ बजे