जेठ-३०
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको राजधानी मुम्बईमा समुन्द्रमा डुबेर दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।
करिब १२ देखि वर्षका केटा शहरको जुहु समुद्र तटमा लाइफगार्डको कललाई बेवास्ता गर्दै पुगेको बताइएको छ ।
केटा किनारबाट करिब आधा किलोमिटर पुगेको एक स्थानीय सरकारी अधिकारीले बताएका छन् ।
उद्धारकर्ताले दुई केटाहरू फेला पारो र कुपर अस्पताल पुर्याइएको तर डाक्टरले उनीहरूलाई मृत घोषित गरेक थिए । त्यसैगरी अन्य दुईजना बेपत्ता भएका डुबेको हुनसक्ने अनुमान गरिएको छ ।
घटना लगत्तै स्थानीय मछुवा र दमकलका उद्धारकर्ताले बालकको खोजीकार्य शुरु गरेका थिए ।
चक्रवात विपरजोय अरब सागरमा तीव्र बन्दै गएपछि मुम्बईको तटीय क्षेत्रमा आँधी चलिरहेको बेला उक्त घटना भएको हो ।
स्थानीय अधिकारीले पहिले नै सर्वसाधारण र माछा मार्नेलाई समुद्रमा जान नदिन चेतावनी दिएका थिए ।
प्रतिक्रिया