असार-०१
एक भारतीय पर्यटकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको शव दिउँसो १ः२५ बजे फेला परेको छ । तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएको जिल्ला कार्यालय चितवनले जनाएको थियो।
प्रतिक्रिया