४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ करोड बजेट



असार-०१

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले बजेट प्रस्तुत गर्दै रंगशालाका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।उनका अनुसार आवश्यक खेलकुद प्रतियोगिता संचालन र खेलाडीका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको क्रिकेट रंगशाला आर्थिक अभावका कारण २ वर्षदेखि अलपत्र परेको छ । सरकारले रंगशाला निर्माणको क्रममा लागेको ऋण चुक्ता गरेर आफ्नो स्वामित्वमा लिने निर्णय गरेको थियो । यस रंगशालाका लागि केही दिन पहिले संघीय सरकारले भने मात्रै एक लाख रुपैयाँ विनियोजन गरेको छ ।

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यस रंगशाला निर्माणका लागि भारत सरकारसंग अनुरोध गरिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : २० बजे