३१ भाद्र २०८१, सोमबार | September 16, 2024

मंकीपक्स भाइरस नेपालमा पनि भित्रियो



असार-०२

नेपालमा मंकीपक्स भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) पुष्टि भएको हो ।

एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि उनको काठमाडौंको एक अस्पतालमा परीक्षण भएको थियो । उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार चिकित्सकको निगरानीमा रहेकी उनको स्वास्थ्य अवस्था सामान्य छ ।

मंकीपक्स भाइरस नेपालमा कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १२ : ३१ बजे