७ आश्विन २०८१, सोमबार | September 23, 2024

भरतपुर महानगरले धमाधम अवैध संरचना हटाउँदै



असार-०८

शुक्रबार ठोरी–माडी हुलाकी सडक अन्तर्गत हाकिमचोकमा पर्ने सडक र नहरको जग्गामा निर्माण भएको संरचना महानगरले हटाएको छ ।भरतपुर महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई उच्च प्राथामिकता दिदै संरचना हटाउन थालेको छ  । स्थानीय आफैले केही संरचना हटाएपछि महानगरले डोजर चलाउन परेको थिएन । महानगरले नारायणी नदी किनार क्षेत्रलाई सी बीच मोडेलमा तटबन्धनको कामलाई अगाडि बढाएको छ । पछिल्लो समय नारायणी नदी किनारको अवैध संरचना पनि हटाएको थियो ।

भरतपुर माहानागरले अवैध संरचना बनेकाले तत्काल हटाउन शुक्रबारबाट ३५ दिने सूचना जारी गरेको छ । सो अवधिमा संरचना नहटाइए महानगर आफैले हटाउने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : ०६ बजे