७ आश्विन २०८१, सोमबार | September 23, 2024

भरतपुर महानगरपालिकाद्वारा “एक घर दुई रुख” अनिवार्य



चितवन, असार-१०

भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ ।

तेह्रौं नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने बताउनुभएको छ । यस्तै एक वडा एक पार्क निर्माणको नीतिलाई निरन्तरता दिइने पनि उहाँले बताउनु भयो । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकको रुपमा विकास गर्ने, गोन्द्राङ–पुलचोक सडकको दायाँ बायाँ किनारमा हरियाली प्रवर्द्धन गर्न ठुला हुर्किएका रुख रोपण र संरक्षण गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  २ : ४० बजे