२ आश्विन २०८१, बुधबार | September 19, 2024

नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने



चितवन,असार – १७

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताउनुभयो । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उहाँको भनाइ छ । अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भन्नुभयो ।

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १२ : ४७ बजे