२ आश्विन २०८१, बुधबार | September 18, 2024

स्वास्थ्यमन्त्री बस्नेतद्वारा पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी



स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिनुभएको हो ।

फोक्सोमा समस्या देखिएपछि उहाँलाई शुक्रबार वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार डा अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार गरिरहेको छ ।

यसैबीच मन्त्री बस्नेतले आजै वीर अस्पतालमा आफ्नो दाँतको उपचार गराउनुभएको छ । अस्पतालका निर्देशक डा पौडेलका अनुसार आज बिहान उहाँले दाँतको उपचार गराउनु भएको हो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १ : २० बजे