३१ भाद्र २०८१, सोमबार | September 16, 2024

हेगस्थित बेलारुसको दूतावासमा आक्रमण



हेग, १८ असार,
हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ।

“घटना जुलाई २ मा बिहानको समयमा भएको,” बेलारूसी दूतावासले उल्लेख गरेको छ ।

दूतावासले आक्रमणकारीहरूलाई डच प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

डच प्रसारकका अनुसार आक्रमणकारीहरूले दूतावासको भवनको झ्यालहरू तोडेको र भवनमा ढुङ्गा प्रहार गरेको बताएका छन् । आक्रमणकारीहरूले भवना भित्ताहरूमा विभिन्न किसिमका नाराहरू पनि लेखेका थिए । ती नाराहरूमा बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोलाई आतङ्कवादसँग जोडिएको छ । रासस

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ४२ बजे