७ आश्विन २०८१, सोमबार | September 23, 2024

मापदण्डअनुसार छैनन् भरतपुरका बालगृह



चितवन,आसर-१९

भरतपुर महानगरपालिकाभित्रका अधिकांश बालगृहहरु मापदण्डविपरीत सञ्चालनमा नभएको पाइएको छ । कूल २३ बालगृहमध्ये अधिकांशले मापदण्ड पालना नगरेको महानगरपािलकाको बालकल्याण समितिको अनुगमनका क्रममा पाइएको हो ।

बाल गृह सञ्चालनका लागि कम्तीमा २० जना बालबालिका हुनुपर्ने, महिनाको एकपटक स्वास्थ्य परीक्षण गरिनुपर्ने, आश्रित बालबालिकाको जन्मदर्ता हुनुपर्ने, खाना पकाउने भान्छा सफा हुनुपर्ने, एउटा खाटमा एकजना बालबालिका मात्रै राख्नुपर्ने, बालबालिका खेल्नका लागि पर्याप्त ठाउँ हुनुपर्ने, बालगृहमा आयाको व्यवस्था हुनुपर्ने लगायतका मापदण्ड भए पनि अधिकांशमा यो पूरा नभएको पाइएको हो ।

बालकल्याण समितिका संयोजक एवम् महानगरका उपप्रमुख चित्रसेन अधिकारीले अनुगमनका क्रममा बालगृह सञ्चालकलाई मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।

बालगृहहरुको अनुगमन तथा निरीक्षणका क्रममा मापदण्डविपरीत सञ्चालनमा आएका बालगृहहरुलाई सुधार गरेर मात्रै पुनः ञ्चालन गर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

यहाँका बालगृहमा संरक्षित बालबालिकाको सङ्ख्या छ सय ७८ छ । जसमध्ये बालक दुई सय ९६ र बालिका तीन सय ४२ रहेको महानगरको समाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा अधिकारीसहित चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, महानगरपालिका–१० का वडाअध्यक्ष तथा सामाजिक विकास समिति संयोजक परमेश्वर खनाल, महानगरका उपसचिव ओमप्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रीमा कोइरालालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : ४० बजे