२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लत्रिएको विद्युतको तारले बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु



लत्रिएको विद्युत्को तारबाट गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु भएको छ । तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका–४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षीय टोपलाल डाँगीको बसको सिटमै मृत्यु भएको थियो भने सख्त घाइते गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ राणागाउँ निवासी अञ्दाजी ३७ वर्षीय महेन्द्र ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दाङबाट रोल्पा जाँदै गरेकोे रा १ ख ८३४ नं को बसमा आज बिहान १०ः१५ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोलामा पुग्दा लत्रेको तारबाट करेन्ट प्रवाह भएको थियो । सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युत्को तारले गाडीको पछाडीको भागमा छुदा करेन्ट लागेको प्रहरीले बताएको छ । उक्त बसमा २७ यात्रु सवार थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ३ : ३९ बजे