४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा



काठमाडौँ, २३ असार :
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज उहाँले भन्नुभयो, “म फेरि संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु, सके म प्रधानमन्त्री बन्छु नसके मेरो पुस्ताको कसैलाई प्रधानमन्त्री बनाउँछु ।”

उहाँले कांग्रेसलाई बदल्नका लागि आफू लागेको स्पष्ट पार्नुभयो । “हामी कांग्रेसमा छौँ, कांग्रेसलाई बदल्नका लागि लाग्नुपर्छ, कांग्रेस बदल्नका लागि मैले संसदीय दलको नेतामा उम्मेदवारी दिएको हुँ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता प्रदीप पौडेलले अहिलेकै अवस्था रहने हो भने आगामी निर्वाचन कांग्रेसले जित्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रहसमेत गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गर्नुभयो ।

नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : २६ बजे