४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बङ्गलादेशमा इद उल–अधाको समयमा भएका सडक दुर्घटनामा २९९ जनाको मृत्यु



बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल–अधा पर्वका क्रममा गत जुन २२ देखि जुलाई ६ सम्म भएका २७७ वटा सवारी दुर्घटनामा परी २९९ जनाको मृत्यु हुनुका साथै ५४४ जना घाइते भएका छन् ।

यद्यपि, बङ्गलादेश जात्रा कल्याण समितिले पर्वका क्रममा हुने सडक दुर्घटनामा १५.१६ प्रतिशत, मृत्युदर ३३.११ प्रतिशत र चोटपटकमा ४२.२७ प्रतिशतले कमी आएको उल्लेख गरेको छ ।

दक्षिण एशियाली मुलुकका राष्ट्रिय दैनिक पत्रिका, अनलाइन समाचार पोर्टल र विद्युतीय सञ्चारमाध्यममा आएका समाचारका आधारमा तथ्याङ्क सङ्कलन गरिएको सो संस्थाले जनाएको छ ।

सङ्गठनका महासचिव मोजामेल हक चौधरीले राजधानी ढाकामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो ।

यस अवधिमा सडक दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जलमार्ग दुर्घटनामा परी १६ जनाको मृत्यु, १५ जना घाइते र छ जना बेपत्ता भएको यात्रु कल्याण मञ्चले जनाएको छ ।

सरकारको निरन्तर प्रयासका कारण पशुबली दिएर यस बर्ष जुन २९ मा मनाइएको यस वर्षको पर्वमा बङ्गलादेशका सडक र राजमार्गको अवस्थामा तुलनात्मक रूपमा सुधार आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १० : ०५ बजे