२ आश्विन २०८१, बुधबार | September 18, 2024

हवाई आक्रमणमा बाइस जना मारिए



आसर-२४

सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२ नागरिकको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।

यससम्बन्धमा सुडानी सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सले एक विज्ञप्ति निकालेर आक्रमणको निन्दा गरेको छ ।
–––

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ४ : २६ बजे