२ आश्विन २०८१, बुधबार | September 18, 2024

नेपाल मेडिकल काउन्सिलको सर्भर ३ दिन बन्द हुने



काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको सर्भर ३ दिन बन्द हुने भएको छ । काउन्सिलले सर्भर स्थानान्तरण गर्ने भएकाले ३ दिन बन्द हुने भएको हो ।

बिहीबार सूचना जारी गरी काउन्सिलले सर्भर स्थानान्तरण तथा अद्यावधिक गर्दा तीन दिन बन्द हुने बताएको छ ।

सर्भर स्थानान्तरण तथा अद्यावधिकका लागि असार २९, ३० र ३१ गते बन्द हुने काउन्सिलका रजिष्टार डा.कृष्ण प्रसाद अधिकारीले बताए ।

‘यस काउन्सिलबाट प्रदान गरिने सबै प्रकारका अनलाइन सेवाहरू बन्द हुने ब्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ,’ काउन्सिलको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ८ : ०६ बजे