६ आश्विन २०८१, आइतबार | September 22, 2024

पूर्वी तराईमा अविरल वर्षा, डुबानको जोखिम



मुसलधरे वर्षासँगै पूर्वी तराईमा डुबानको जोखिम बढेको छ । खोला तथा नदीहरुमा पानीको बहाव उच्च बनेको छ ।

खोलाहरुमा जल सतह बढेर खतराको तह आसपासमा पुगेसँगै तटीय क्षेत्रमा जोखिम बढेको हो । उचित निकास नभएका स्थानमा पानी जम्न थालेको छ । शुक्रबार बिहान लगभग ३ बजेदेखि मोरङ, सुनसरी, झापालगायतका स्थानमा चट्याङ्सँगै मुसलधरे वर्षा भइरहेको छ । ४ घण्टादेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

वर्षाका कारण कोसी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी तराईका कैयौं स्थान जलमग्न भएका छन् । कतिपय स्थानमा पानीले निकास नपाउँदा घरहरुमा बाढी पस्ने जोखिम बढेको छ । केही स्थानमा निकास थुनिने अवस्था उत्पन्न भएको छ ।
अविरल वर्षाका कारण सवारीसाधन पनि सञ्चालन हुन सकिरहेका छैनन् । मानिसलाई आवागमनमा असहज भइरहेको छ । सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् ।

अविरल वर्षाका कारण तराईका अधिकांश स्थान बर्सेनि डुबानको चपेटामा पर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ३७ बजे