साउन-३, चितवन ।
चितवन प्रहरीले लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी लोथरमा खटिएको प्रहरी टोलिले बुधबार दिउँसो साढे १ बजेतिर राप्ती न.पा. १ लोथर स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा MH48AY4709 नं. को भारतिय ग्याँस बुलेट गाडिमा ७० किलो गाँजा सहित दुइ जनालाई पक्राउ गरेको हो ।
ग्यास बुलेटको टुलबक्समा लुकाएर पिप्लेबाट लोथर तर्फ ल्याउदै गरेको ७० किलो गाजा सहित गाडीका चालक देश भारत झारखण्ड कोर्डमा बस्ने बर्ष ३५ को मनोज कुमार पासवान र गाडीमा सवार जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ७ बस्ने बर्ष ४५ को राजु वाईवा पक्राउ परेको प्रहरीले जनाएको छ।
भारतिय ग्याँस बुलेट सहित दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
27
प्रतिक्रिया