४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चितवनका प्रितम खरेलको जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु



चितवन, साउन-३

चितवनका प्रितम खरेलको जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु भएको छ |

जापनको यामागुची प्रिफेक्चरको इवाकुनी शहरको इमाजु नदीमा मंगलबार दिउँसो ४ः३० बजे पौडी खेल्ने क्रममा जिल्ला चितवन भरतपुर २२ का २६ वर्षीय प्रितम खरेलको डुबेर मृत्यु भएको हो |उनीसँगै मृत्यु हुनेमा अर्का बागलुङको काठेखोलाका २६ वर्षीय कृष्ण कँडेल रहेका छन् ।

चर्को गर्मीका कारण खरेल सहित चारजना मिलेर इमाजु नदीमा पौड़ी खेल्न गएका थिए । पौड़ी खेल्न क्रममा खरेल र उनका साथि कृष्ण कँडेललाई खोलाले बगाएको थियो ।

बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो ।उद्धार टोलीका अनुसार खरेललाई  करिब ४ः४५ बजे र कँडेललाई साँझ ५ः४० बजेतिर करिब २ देखि २.५ मिटर गहिराइमा भेटिएको थियो । प्राप्त जानकारी अनुसार मृतकहरूको अन्तिम सस्कार जापानमा नै गर्ने तयारी छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : ५३ बजे