७ आश्विन २०८१, सोमबार | September 23, 2024

चितवनमा पाँच जनालाई कोरोना संक्रमण पुष्टि



चितवन, साउन-३

चितवनमा बिगत २४ घण्टामा गरिएको कोरोना परीक्षणमा पाँच जनालाई संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार आठ जनामा एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पाइएको हो । संक्रमित सबै भरतपुरका हुन् । यसअघि वैशाख २५ गते एक जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म चितवनमा ३४ हजार १२३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ५ : ४७ बजे