६ आश्विन २०८१, आइतबार | September 22, 2024

जसपाको झण्डा र लोगो फेरियो, यस्तो छ नयाँ झण्डा र लोगो



जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ । यसैगरी यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको केन्द्रीय विभाग प्रमुख बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ९ : ३३ बजे